युभेन्टस अझै पोग्बा साइन गर्न प्रयास गर्दै

युभेन्टसले अझै पनि पोग्बा साइन गर्न प्रयास गर्दै गरेको खबर आएको छ। म्यान्चेस्टर युनाइटेडका स्टार मिडफिल्डर रियलमा जाने कुरा आए पनि केहि सम्झौता भएन।

युनाइटेडले पनि उनलाई सके सम्म नबेच्ने कुरा गरे पछि उनि यो सिजन पनि युनाइटेड बाटै खेल्ने कुरा हुदै गर्दा युभेन्टसले अझै पनि उनलाई साइन गर्न सक्ने खबर आएको छ।

MARCAको अनुसार युभेन्टस अझै पनि पोग्बा साइन गर्न चाहन्छन् तर युनाइटेड उनलाई बेच्न €१६० मिलियन माग्ने कुरा छ र खबर अनुसार युभेन्टस सोहि रकम बराबरको प्रस्ताव राख्ने तयारीमा छ। उनलाई साइन गर्न युभेन्टसले आफ्नो केहि खेलाडी पनि बेच्न सक्ने छ।