युभेन्टसले साइन गर्यो ‘नयाँ नेमार’

इटालियन क्लब युभेन्टसले ब्राजिलका १९ वर्षका कायो जर्जलाई साइन गरेको छ। सान्तोसका वन्डरकिड फुटबलको नयाँ सुपरस्टार बन्ने धेरैको विश्वास रहेको बेला उनलाई साइन गर्न सिरी ए क्लब युभेन्टस सफल रहेको छ।

१९ वर्षका युवा स्टारको तुलना सान्तोसकै पूर्व स्टार नेमार सँग हुने गरेको छ। सान्तोस ब्राजिलमा युवा स्टार उत्पादन गर्नको लागि धेरै प्रसिद्ध छ र हाल १९ वर्षका कायो जर्जको धेरै चर्चा हुने गरेको छ। खबर अनुसार उनलाई साइन गर्न युभे सफल भएको छ।

उनलाई साइन गर्न ला लिगा क्लब रियल म्याड्रिडले पनि चासो देखाए पनि हाल युभेन्टस उनलाई भित्राउन सफल भएको छ।

कायो जर्जलाई साइन गर्न युभेन्टसले €६ मिलियन र थप केही रकम तिर्ने खबर छ भने युभेका कोच म्याक्स एलेग्री उनको फ्यान रहेको खबर छ। युभेन्टस र कायो जर्ज बिच २०२६ सम्मको सम्झौता भएको जानकारी छ।