युभेन्टसले म्यान्चेस्टर युनाइटेडलाई लगभग £८५०,००० दिने; येस्तो छ कारण

रियल म्याड्रिडबाट क्रिस्टियानो रोनाल्डो गत बर्ष युभेन्टसमा गए पछि म्यानचेस्टर युनाइटेडले केहि रकम पाउने भएको छ ।

युनाइटेडले सम्झौताको हिस्साको रूपमा सेरी ए जायन्ट्सबाट £८५०,००० पाउनेछ, जुन युनाइटेडले रोनाल्डो रियलमा बेच्दाको सम्झौताको भाग हो।

उक्त रकमलाई सोलिडारिटी पय्मेंटको दोस्रो किस्त भनिएको छ। सोलिडारिटी पय्मेंट – २००१ मा फिफा द्वारा प्रस्तुत गरिएको थियो, जुन २३ वा कम उमेरका खेलाडीमा साइन गर्दा दिने क्षतिपूर्ति मानिन्छ।

सो सम्झौता अनुसार अब युभेन्टसले अब युनाइटेडलाई £८५०,००० दिन पर्ने छ।