युभेन्टसले मोराटालाई साइन नगर्ने

युभेन्टसले मोराटालाई स्थायी रूपमा साइन नगर्न जानकारी रहेको छ। हाल उनी एट्लिटो म्याड्रिडबाट लोनमा युभे आएका हुन् र अर्को सिजन उनलाई युभेन्टसले स्थायी रूपमा साइन गर्ने चर्चा भएको थियो भने हाल खबर अनुसार युभेले उनी सँग आफ्नो सम्झौता ‘अपग्रेड’ नगर्ने खबर छ।

खबर अनुसार युभेन्टसले आउँदो गर्मीको ट्रान्सफर विन्डोमा पिएसजीमा लोनमा रहेका एभर्टनका स्ट्राइकर मोइस केनलाई साइन गर्ने कुरामा आफ्नो सबै ध्यान केन्द्रित गर्ने छ।

मोराटा लोनमा साइन गर्दा सो सम्झौता स्थायी बनाउन मिल्ने क्लज थियो तर खबर अनुसार आर्थिक अवस्थाको कारण युभेले उक्त क्लज प्रयोग नगर्ने जानकारी छ। हाल खबर अनुसार युभेन्टसले आफ्नो खेलाडी दिएर मोइस केनलाई साइन गर्ने योजना बनाएको छ ।

उनी हाल पिएसजीमा लोनमा रहेका छन् भने २०१६ देखि २०१९ सम्म उनी युभेन्टसमा रहेका थिए भने उनी युभेका एकेडेमी खेलाडी हुन्।

पिएसजी पनि उनलाई स्थायी रूपमा साइन गर्न इच्छुक रहेको खबर छ तर उनलाई फेरी साइन गर्न सफल हुनेमा युभे विश्वस्त रहेको खबर छ।