युभेन्टसले मोराटालाई स्थायी रूपमा साइन नगर्न सक्ने जानकारी रहेको छ। हाल उनी एट्लिटो म्याड्रिडबाट लोनमा युभे आएका हुन् र अर्को सिजन उनलाई युभेन्टसले स्थायी रूपमा साइन गर्ने चर्चा भएको थियो भने हाल खबर अनुसार युभेले उनको विकल्पको खोजी गर्ने छ।
Juventus to drop Morata permanent option and focus on Everton striker Kean #juve #efc https://t.co/2tY12Q2xJR
— Tribal Football (@tribalfootball) March 29, 2021
खबर अनुसार युभेन्टसले आउँदो गर्मीको ट्रान्सफर विन्डोमा पिएसजीमा लोनमा रहेका एभर्टनका स्ट्राइकर मोइस केनलाई साइन गर्ने कुरामा आफ्नो सबै ध्यान केन्द्रित गर्ने छ।
मोराटा लोनमा साइन गर्दा सो सम्झौता स्थायी बनाउन मिल्ने क्लज थियो तर युभेले सो क्लज प्रयोग नगर्ने जानकारी छ। हाल खबर अनुसार युभेन्टसले €३५ मिलियनमा मोइस केनलाई साइन गर्ने छ।
Gazzetta dello Sport believes Juventus are also in the frame, with the Bianconeri wanting to partner Cristiano Ronaldo with someone as prolific as Aguero. However, Juve are also said to be targeting Moise Kean and Arkadiusz Milik.
— TeamRumorsTransfersNews24/7Talk ⚽ 📰 (@rumorstransfers) March 29, 2021
उनी हाल पिएसजीमा लोनमा रहेका छन् भने २०१६ देखि २०१९ सम्म उनी युभेन्टसमा रहेका थिए भने उनी युभेका एकेडेमी खेलाडी हुन्।
पिएसजी पनि उनलाई स्थायी रूपमा साइन गर्न इच्छुक रहेको खबर छ तर उनलाई फेरी साइन गर्न सफल हुनेमा युभे विश्वस्त रहेको खबर छ।