युभेन्टसले भित्रायो साल्का ०४का स्टार

युभेन्टसले लोनमा साल्का ०४का मिडफील्डर वेस्टन म्याकेनी भित्राएको घोषणा गरेको छ। उनलाई लोनको अन्त्यमा युभेले स्थायी रुपमा किन्न मिल्ने खण्ड पनिमा सम्झौता रहेको छ।

उनको लागि युभेले €४.५ मिलियन तिर्ने खबर छ र सिजनको अन्त्यमा उनलाई उनलाई स्थायी रुपमा साइन गर्न थप १८ मिलियन युभेले तिर्न पर्ने छ।

सेन्ट्रल मिडफिल्डर यस हप्तामा इटालीमा एक थिए र उनले युभे संग मेडिकल गरेका थिए। उनको प्रदर्शन साल्केमा निकै राम्रो रहेको थियो भने उनले अमेरिकी राष्ट्रिय टोलीको लागि पनि खेलेका छन्।

बक्स-टु-बक्स केन्द्रीय मिडफिल्डरको रूपमा निर्बाध प्रदर्शन गर्न, वा मिडफिल्डको आधारमा रक्षा गर्न उनि सक्षम हुँदै आएका र उनि धेरै ऊर्जावान रहेका छन्।