युभेन्टसले भित्रायो अल्वारो मोराटा

युभेन्टसले एटलेटिको म्याड्रिडका स्ट्राइकर अल्भारो मोराटाको हस्ताक्षर पूरा गरेको छ। मोराटाले युभेमा लोनमा आएका छन् र पछि €४५ मिलियन तिरेर उनलाई युभेले स्थायी रुप साइन गर्न पाउने छ।

स्ट्राइकरले मंगलबार बिहान टुरिनको कन्टिनेस्टा केन्द्रमा आफ्नो मेडिकल पास गरेका थिए। युभेलेले उनको आगमनको बारे पुष्टि गरेका छन् भने लोनको लागि €१० मिलियन युभेले तिरेको छ, र उनलाई साइन गर्न पछि युभेले तीन किस्तामा रकम भुक्तान गर्दै  €४५ मिलियन तिर्न सक्ने छ ।

उनले पहिले पनि युभेन्टसको लागि खेलेका छन्। २०१४ देखि २०१६ सम्म उनि युभे खेलाडी थिए उनले सो समय ६० खेल खेलेका थिए।

उनले युभेन्टसमा ९ नम्बरको जसरी लगाउने छन्।