युभेन्टसले बार्साको स्टार मिडफिल्डर साइन गर्ने

युभेन्टसले ब्राजिलका मिडफिल्डर आर्थरको लागि बार्सिलोनासँग £७२.५ मिलियनको प्रस्तावमा सहमति जनाएको खबर छ।

२३ बर्षेका मिडफिल्डर गत बर्ष देखि इटालियन क्लबमा जाने चर्चा थियो र र उनले बार्सिलोनामै बस्न चाहेको कुरा व्यक्त गरे पनि बार्साले उनको लागि युभेको प्रस्ताव स्वीकार गरेको खबर छ।

स्काई स्पोर्ट्सका अनुसार सार्रीको पक्षमा प्रस्ताव बार्साले स्वीकार गरेको छ र बार्सिलोनाले मिरालेम जानिकलाई उनको प्रतिस्थापनको रूपमा हेरेका छन्।

सार्री आर्थरको वरिपरि केन्द्रित गरि आफ्नो मिडफील्ड निर्माण गर्न चाहन्छन् जुन उनले नेपोली र चेल्सीमा जोर्गीन्होको साथ गरेको थिए ।