युभेन्टसले प्रिमियर लिगको स्टार स्ट्राइकर साइन गर्न सक्ने

इटालियन क्लब युभेन्टस चेल्सीका स्ट्राइकर ओलिभिए जिरूडलाई साइन गर्न इच्छुक रहेको खबर छ। चेल्सीले उक्त फ्रेन्च स्ट्राइकर सँग सम्झौता विस्तार नगर्ने भए पछि उनी फ्री एजेन्ट बन्ने क्रममा रहेका छन्।

हाल खबर अनुसार ३४ वर्षका स्ट्राइकर साइन गर्न युभे इच्छुक रहेको छ। युभेन्टसले मोराटालाई स्थायी रूपमा साइन नगर्ने भए पछि युभे नयाँ स्ट्राइकरको खोजीमा हुने छ र युभेको नजरमा जिरूड रहेको जानकारी छ।

टुचेलको नेतृत्वमा जिरूडले धेरै खेल समय पाएका छैनन्। विश्वकपको विजेताले टुचेलको आगमन पछि केवल तीन लिग खेल खेलेका छन्।

क्लबमा आफ्नो अवस्थाबाट जिरूड खुसी छैनन् र उनी पनि नयाँ क्लबको खोजीमा हुने छन्। खबर अनुसार युभेन्टसले उनलाई साइन गर्न प्रयास गर्ने छ।