युभेन्टसले प्रिमियर लिगका स्टारहरु साइन गर्न सक्ने

युभेन्टसले गर्मीको विन्डोमा प्रिमियर लिगमा किनमेल गर्ने खबर आएको छ।

टट्टोस्पोर्टको अनुसार युभे नयाँ लेफ्ट -ब्याकको खोजीमा छन्, चेल्सीका डिफेन्डर इमर्सन पाल्मीरी युभेको सर्टलिस्टको शीर्षमा रहेको खबर छ भनेपोर्टोका एलेक्स टेलिस पनि युभेको विचारमा छन्।

म्यानचेस्टर युनाइटेडबाट पोग्बालाई फिर्ता गर्ने युभेको बोर्डको प्राथमिकतामा सबैभन्दा माथि रहेको खबर छ भने युभेको विश्वास छ कि क्लबले पोग्बा आइन गर्ने दौड जित्न सक्दछन्।

मिडफिल्डमा चेल्सीका मिडफील्डर विलियन युभेको योजनामा छन्, जबकि आक्रमणमा दुई प्रीमियर लिग स्ट्राइकरहरू पनि युभेन्टसको नजरमा छ।

टोटेनह्यामका स्टार ह्यारी केन र म्यानचेस्टर सिटीका स्टार गेब्रियल येशू जेस्युसको लागि युभे छलफल गर्दै गरेको खबर छ।