युभेन्टसले पूर्व खेलाडी फेरी साइन गर्न सक्ने 

युभेन्टसका नयाँ कोच म्याक्स एलेग्री बार्सिलोनाका मिडफील्डर मिरालेम प्यानिचलाई साइन गर्न इच्छुक रहेको खबर छ।

बार्सा आफ्नो खेलाडीहरू बेच्ने क्रममा रहेको छ र प्यानिचलाई पनि बार्साले बेच्ने चर्चा हुँदा उनलाई युभेन्टसले साइन गर्न सक्ने जानकारी छ।

खबर अनुसार अनुसार एलेग्री उनको खेलको फ्यान हुन् र उनलाई क्लबमा फिर्ता गर्न उनी धेरै इच्छुक छन्। स्पेनिस क्लब बार्सिलोनामा जानु अघि उनी युभेन्टसका खेलाडी थिए भने हाल उनी फेरी युभेन्टस फर्किने धेरै सम्भावना बढेको छ।

३१ वर्षका मिड्फिल्डर प्यानिच बोस्निया एंड हेर्जेगोभिनाका खेलाडी हुन्। उनी २०१६ देखि २०२० सम्म युभेन्टसका खेलाडी थिए। युभेन्टसमा उनले १७८ खेल खेलेका थिए जसमा उनले २२ गोल पनि गर्न सफल भएका थिए तर बार्सिलोनामा उनले धेरै खेल समय पाएका छैनन्।

 

प्यानिच करिब ६५ मिलियन युरोमा युभेन्टसबाट बार्सिलोनामा अनुबन्ध भएका थिए।