युभेन्टसले पिर्लोलाई बर्खास्त गर्दै

युभेन्टसले आफ्नो कोच पिर्लोलाई बर्खास्त गर्ने खबर रहेको छ। इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोका अनुसार युभेले पिर्लोलाई बर्खास्त गर्ने निर्णय लिएको छ भने उनको ठाउँ मासिमिलियानो एलेग्रीले लिने छन्।

यो सिजन युभेन्टसको लिग र च्याम्पियन्स लिग फम राम्रो रहेन भने युभेले आफ्नो कोच पिर्लोलाई बर्खास्त गर्न सक्ने धेरै हल्ला थियो भने हाल फाब्रिजियोका अनुसार युभेन्टसले उनलाई बर्खास्त गर्ने निर्णय लिएको छ। ।

युभेन्टस नयाँ कोचको रुपमा जिदानलाई भित्राउन इच्छुक रहेको खबरहरू आउने गरेको थियो भने हाल जिदान क्लब विहीन हुँदा अब युभेन्टसले उनलाई भित्राउने चर्चा झन् बढेको छ।

युभेन्टस नयाँ कोचको रुपमा जिदानलाई भित्राउन इच्छुक रहेको खबरहरू रहेको थियो भने युभेले जिदान सँग वार्ता पनि गरेको खुलेको छ तर अन्त्यमा युभेले मासिमिलियानो एलेग्री सँग सम्झौता गर्ने निर्णय लिएको खबर छ।

२०२०-२१ सिजनमा युभेन्टस सिरी ए मा चौथो स्थान र च्याम्पियन्स लिगमा अन्तिम १६ बाटै बाहिरिएपछि पिर्लोको धेरै आलोचना पनि भएको थियो।

युभेन्टसका चेयरम्यान आन्द्रे एंगनेली र एलेग्रीबीच तीन बर्षकाला सहमति भएको बताइएको छ ।

२०१९ मा ११ अङ्कको अन्तरमा सिरी ए को उपाधि जितेपछि एलेग्रीले युभेन्टसलाई छोडेका थिए । उनको नेतृत्वमा क्लबले च्याम्पियन्स लिग जित्न नसकेको भन्दै क्लबले उनलाई हटाएको थियो ।