युभेन्टसले जिदानलाई भित्राउन प्रयास गर्ने

मेलऑनलाइनका अनुसार युभेन्टस सीजनको अन्त्यमा पूर्व खेलाडी जिनेडीन जिदानलाई आफ्नो व्यवस्थापक बनाउन उत्सुक छन्, ‘ओल्ड लेडी’ जिदानलाई क्लबमा भित्राउन £७ मिलियनको तलब प्रस्ताव गर्न इच्छुक रहेको खबर छ।

खबर अनुसार युभेन्टसका अध्यक्ष एन्ड्रिया अग्नेलीसंग जिदानको घनिष्ठ सम्बन्ध कायम छ। फ्रान्सेली स्टारले युभेन्टसको लागि ५ वर्ष खेलेका थिए लस ब्लान्कोसमा सम्मिलित हुनु भन्दा अगाडी।

मेलका अनुसार जिदानले सिजनको अन्त्यमा रियल म्याड्रिड छोड्ने छन् र युभेन्टसले उनलाई अधिक रकम बिना साइन गर्न सक्ने छन्, उनको सम्झौता भने २०२२ सम्म रहेको छ।

जिदान जस्तो कोचको लागि £७ मिलियन कम हुने जस्तो देखिन्छ, तथापि £७ मिलियन युभेन्टसको क्लब नीति अनुसार अनुमति गरिएको सबै भन्दा बढी रकम हो।

मेलको अनुसार जिदानले युभेन्टसलाई च्याम्पियन्स लिग जित्न मदत गर्ने क्लबको विश्वास छ।