“युभेन्टसले जति सक्दो चाँडो नयाँ स्ट्राइकर साइन गर्ने छ”

युभेन्टसका कोच आन्द्रे पिर्लो नोवाराकोसंगको मैत्रीपूर्ण खेलमा ५-०को जितबाट आफ्ना खेलाडीहरूसँग खुसी थिए ।

उक्त खेलमा क्रिस्टियानो रोनाल्डोले पहिलो गोल गरे, आरोन रम्से, मार्को पजाका र मानोलो पोर्टानोभालेले २ गोल गरेका थिए।

खेल पछि पिर्लोले स्काई स्पोर्ट इटालियालाई भने, ‘हामी विभिन्न समाधानहरू खोज्दैछौं।’ पहिलो हाफमा हामीले पछाडि चार खेलाडीको साथ खेलेका थियौं, यो बिभिन्न चरणमा तीन बन्न पुगेको छ।

“दोस्रो हाफमा हामी तीनजनासँगै बस्यौं, बिभिन्न समाधानहरू तयार गर्दै।”

र पिर्लोले स्वीकार गरे कि युभेलाई ‘चाँडो भन्दा चाँडो’ नयाँ आक्रमणकर्ताको आवश्यकता छ।’

“टोलीसँग उत्साह हुनुपर्दछ, केटाहरु नयाँ प्रकारको शैलीको तयारी गर्दै छन् र सो क्रममा रमाईलो पनि गर्दै छन्।

“मलाई जति सक्दो चाँडो एक आक्रमणकर्ता चाहिन्छ, तर बजार निकै ठुलो र लामो छ, यो अक्टुबरको सुरुसम्म रहनेछ, हामीसँग काम गर्ने समय छ।”