युभेन्टसले चेल्सीका युवा विंगर शमूएल लिंग -जुनियर साइन गर्न नजिक पुगेको खबर छ।
खबर अनुसार १६ बर्सका युवा खेलाडी चेल्सी छोड्ने क्रममा छन् र उनि अब युभेन्टसमा जान धेरै नजिक छन्।
खेलाडी र क्लब बीचकेहि छलफल पनि भएको खबर थियो तर युभेन्टसले उक्त कुरालाई सुरक्षित राख्न प्रयास गरेको खुलेको थियो।
शमूएल इंग्ल्याण्ड यु-१७का खेलाडी हुन् र उनि युवा खेलाडीहरु मध्ये एक उत्कृष्ट प्रतिभा रहेको धेरैको विश्वास छ।
La #Juventus confida di chiudere l’arrivo del baby talento Samuel Iling-Junior dal #Chelsea. Il giocatore nei giorni scorsi è stato a Torino. Restano da definire alcuni dettagli, ma fiducia totale ⚪️⚫️@GoalItalia
— Romeo Agresti (@romeoagresti) July 23, 2020
शमूएलले यस सिजन चेल्सी यु१८को लागि ११ खेल खेलेका छन् र १ अस्सिस्त गर्न सफल भएका छन्। उनले इंग्ल्याण्ड यु१५ र यु१६को टिममा पनि खेलेका थिए।