इटालियन खेल रिपोर्टर गुइलेम बालागका अनुसार युभेन्टसले क्रिस्टियानो रोनाल्डोलाई बेच्न सक्ने छ।
खबर अनुसार रोनाल्डोको तलब निकै धेरै रहेकोले युभेन्टसले उनलाई बेच्न सक्ने कुरा रहेको छ र युभेले रोनाल्डोको लागि अरु क्लबको प्रस्तावहरु सुन्ने खबर छ।
🗣 ‘Juventus wants to get rid of his wage, he’s been offered everywhere including Barcelona’ @GuillemBalague on the future of @Cristiano Ronaldo
📲⚽ https://t.co/3CW3Ngo4mY pic.twitter.com/OB8W9XH5oz
— BBC 5 Live Sport (@5liveSport) August 12, 2020
३५ वर्षका सुपर स्टारले इटालिमा अर्को प्रभावशाली सिजन बिताए। यो सिजन उनले टुरिन जायन्ट्सका लागि ४६ खेलमा ३७ गोल र सात सहायक प्रधान गरे।
तर इटालियन खेल रिपोर्टर गुइलेम बालागले बिबिसी संग कुरा गर्दै बताए कि युभेले अर्को सिजन रोनाल्डोलाई बेच्न सक्ने छ। युभेको लागि रोनाल्डोले उत्कृष्ट खेले पनि अब युभेन्टस युवा खेलाडी साइन गर्ने तिर लाग्ने खबर छ ।
सुपरस्टारको तलबको बिलले क्लबको रिजर्भको ठूलो अंश लिने गरेको छ। त्यो तलबको खर्च कम गर्न युभेले रोनाल्डोलाई बेच्ने खबर छ र रोनाल्डोलाई बार्सिलोनामा प्रस्ताव गर्न पनि युभे तयार रहेको कुरा छ।
उनले बताए रोनाल्डोको ठुलो तलबको कारण अरु क्लबलाई पनि उनलाई साइन गर्न गार्हो हुने छ, र जसको अर्थ उनि युभेमा ‘अड्किन’ सक्छन भने युभेको डर छ।