युभेन्टसले आर्सेनलका स्टार साइन गर्न सक्ने

युभेन्टसले आर्सेनलका स्टार साइन गर्न सक्ने खबर छ। खबर अनुसार मेसुट ओजिललाई युभेन्टसमा प्रस्ताव गरिएको छ।

गनर्स अन्तिम ट्रान्सफर विन्डोमा उनलाई बेच्न असफल भएपछि मेसुत ओजिल यस सिजन आर्सेनल टीमबाट बाहिर रहेका छन्। ओजिल अझै पनि खेलमा सबैभन्दा प्रतिभाशाली खेलाडी मध्ये एक हुन् र यो देख्न बाँकी छ कि उनि अर्को महिना आर्सेनल टीममा फर्कने छन् कि छैन।

गनर्सहरू उनलाई बेच्न खुला छन्, र खबर अनुसार ओजिललाई युभेन्टसमा प्रस्ताव गरिएको छ। ओजिललाई युभेन्टसमा प्रस्ताव गरिएको यो पहिलो पटक भने होइन। यस अघि पनि उनलाई युभेमा प्रस्ताव गरिए पनि युभे उनको ठुलो तलबको कारण उनिमा इच्छुक नरहेको खबर थियो।

हाल आर्सेनलले युभेन्टसलाई राम्रो सर्तहरूको साथ प्रस्ताव गरेको कुरा छ र युभे इच्छुक हुन सक्ने खबर पनि छ।

यस पटक, आर्सेनलले उनलाई लोनमा बेच्ने प्रस्ताव गर्ने कुरा छ र उनको आधा तलब तिर्न पनि आर्सेनल इच्छुक छन्।

युभेन्टस हाल वर्तमान मिडफील्डर्ससँग राम्रो प्रदर्शन गर्दै छन् तर ओजिल फूबलका सर्वश्रेष्ठ गोल निर्माताहरू मध्ये एक हुन् र रोनाल्डो संग उनको रियलमा निकै राम्रो साझेदारी थियो।