युभेन्टसले आफ्नो टिमलाई पूर्ण रूपमा परिवर्तन गर्ने खबर छ। नयाँ टिम बनाउन युभेन्टसले आफ्नो ६ खेलाडीहरू बेच्ने योजना बनाएको जानकारी छ।
Juventus to offload five players this summer including Paulo Dybala https://t.co/weou4XzwN6
— Anytime Football (@AnytimeFootball) March 30, 2021
हाल युभेन्टस लिगमा इन्टर सँग १० अङ्कले पछाडि छ भने च्याम्पियन्स लिगबाट पनि युभे बाहिरेको छ र सो कारण पिर्लो आफ्नो टिम पूर्ण निर्माण गर्ने योजनामा छन्। युभेन्टसले आरोन राम्से, डिबाला, एलेक्स स्यान्ड्रो, एड्रियन राबियट र रोड्रिगो बेन्टानकुरलाई बेच्ने योजना बनाएको खबर छ।
उक्त खेलाडीहरू बेचेर युभेले नयाँ र युवा खेलाडीहरूमा लगानी गर्ने चर्चा छ भने अर्को सिजनको लागि टिम पूर्ण निर्माण गर्ने छ।
Aaron Ramsey and Paulo Dybala ‘put up for sale by Juventus’ https://t.co/gCRW4PZk2W
— The Sun Football ⚽ (@TheSunFootball) March 30, 2021
उक्त खेलाडीहरू बेचेर युभेन्टसले राम्रो रकम जम्मा गर्न सक्ने छ भने युभेको तलब खर्च पनि घट्ने छ। युभेन्टसले नयाँ स्ट्राइकर साइन गर्ने आफ्नो प्राथमिकता बनाउने कुरा छ।