युभेन्टसले आफ्नो स्टार सँग सम्झौता रद्द गर्न सक्ने

डगलस कोस्टा हाल युभेन्टसबाट बायर्न म्युनिखमा लोनमा छन्, तर ३० वर्षका ब्राजिलियन विंगरको भविष्य दुवै क्लबमा अनिश्चित रहेको छ। हाल दुवै क्लबमा पर्याप्त खेल समयको अभावमा उनी ब्राजिल फर्किने विचारमा रहेको खबर छ।

कोस्टा र युभेन्टस बिच अझै एक वर्षको सम्झौता बाँकी रहेको छ। उनी ब्राजिलियन क्लब ग्रुमियो जाने धेरै चर्चा रहेको छ तर उनको ट्रान्सफर मूल्य तिर्न ब्राजिलियन क्लबलाई गाह्रो हुने छ जसको कारण डगलस कोस्टा युभेन्टस सँग आफ्नो सम्झौता रद्द गर्न चाहन्छन्।

खबर अनुसार सम्झौता रद्द गर्न कोस्टा र युभेन्टस बिच वार्ता हुँदै गरेको छ। युभेन्टस सँग उनको सम्झौता रद्द भए ब्राजिलियन क्लब उनलाई साइन गर्न सक्षम हुने छ।

गत वर्ष, युभेन्टसले गोन्जालो हिगुयेन र ब्लेज मटुइडीसँग सम्झौता रद्द गरेको थियो। हाल डगलस कोस्टा पनि क्लब सँग आफ्नो सम्झौता रद्द हुने अपेक्षामा छन्।