युभेन्टसले आफ्नो स्टार मिडफिल्डर बेच्ने

युभेन्टसले आउँदो गर्मीको ट्रान्सफर विन्डोमा आफ्नो मिडफिल्डर आरोन रामसे बेच्न सक्ने खबर छ।

टट्टोस्पोर्टको अनुसार पूर्व आर्सेनल स्टारलाई यो सिजनको अन्त्यमा युभेन्टसले बेच्न सक्ने छ। उनि क्लबमा आएको १ वर्षमै उनलाई बेच्ने युभेन्टसको निर्णय हुन सक्ने छ।

मिडफिल्डरले आर्सनलमा ११ बर्ष बिताए पछि गत सिजनमा निःशुल्क ट्रान्सफरमा सेरी ए च्याम्पियनमा शामिल भए।

टुरिनमा रामसेको योजना जस्तो अवस्था रहेको छैन।

उनले केवल १८ खेल खेलेका छन् भने, उनि प्राय: बेन्च रहेका छन्, र चोटपटकले उनको सिजनमा असर गरेको छ।

यो सिजन उनले युभेन्टसको लागि २ गोल गरेका छन् र युभेन्टसले वेल्सका र्राष्ट्रिय स्टारलाई बेच्ने कुरा आएको छ।

निःशुल्कमा क्लब आएका मिडफिल्डरबाट युभेन्टसले मुनाफा कमाउन सक्नेछन् ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ