युभेन्टसले आफ्नो स्टार मिडफिल्डर बेच्न सक्ने

इटालियन क्लब युभेन्ट्सले आफ्नो स्टार मिडफिल्डर आरोन रामसेलाई बेच्न सक्ने खबर छ। २०१९मा उनी अर्सेनलबाट युभेन्टस गएका थिए तर उनले सिरी एमा सोचेको जस्तो खेल्न सकेका छैनन्।

हाल खबर अनुसार युभेले उनलाई बेच्ने योजना बनाएको छ र उनी फेरी प्रिमियर लिगमा फर्किने चर्चा रहेको छ। आरोन रामसे र युभेन्टस बिचको सम्झौता २०२३ सम्म रहेको छ तर आउँदो ट्रान्सफर विन्डोमा युभेले उनलाई बेच्न सक्ने कुरा छ।

खबर अनुसार उनको अवस्थामा प्रिमियर लिग क्लबहरूको निगरानी रहेको छ। लिभरपुल र वेस्ट ह्याम संग उनको नाम जोडिएको छ भने उनलाई बेचेर युभेले केही रकम स .्कलन गर्न सक्ने जानकारी छ।

२०१९मा फ्री एजेन्टको रूपमा उनी युभेन्टस आएका थिए तर उनले सोचे जस्तो खेल्न सकेका छैनन् भने हालको समय उनले धेरै मौका  पनि पौने गरेका छैनन् ।