युभेन्टसले आफ्नो विंगर म्यान्चेस्टर युनाइटेडलाई बेच्ने

म्यानचेस्टर युनाइटेडसँग कम रकममा युभेन्टसका विंगर साइन गर्ने अवसर रहेको खबर छ। खबर अनुसार युभेन्टसले आफ्नो विंगर डग्लस कोस्टालाई केवल £१८ मिलियनमा बेच्न सक्ने खबर रहेको छ।

युभेन्टस यस गर्मीमा रकम जुटाउन चाहन्छन् र ब्राजिलियनलाई सस्तोमा बेच्न युभेन्टसलाई केहि आपत्ति नहुने, टुटोस्पोर्टले बताएको छ। नयाँ युभे कोच आन्द्रे पिर्लो २९ बर्षेका विंगर आफ्नो योजनामा नरहेको खुलाएका छन् र उनलाई बेच्न तयार छन्।

युनाइटेडले जेडन सान्चोका विकल्पहरू खोजी थालेका छन्, डार्टमन्डले युनाइटेडको प्रस्ताव अस्वीकार गर्दै आएको छ र युनाइटेडले आफ्नो ध्यान अन्य खेलाडीमा केन्द्रित गर्न थालेको छ।

बायर्न र युभेन्टस जस्तो क्लबमा खेलेका कोस्टासँग प्रशस्त अनुभवहरू छन्। पूर्व ग्रिमियो खेलाडीले ब्राजिलका लागि ३१ खेल पनि खेलेका छन्।