युभेन्टसले आफ्नो दुई खेलाडी संगको सम्झौता रद्द गरे

युभेका नयाँ आन्द्रे पिर्लो कोचले क्लबमा परिवर्तनहरु गर्न सुरु गरेका छन्। उनले आफ्नो आगमन दुई खेलाडी संग क्लबको सम्झौता रद्द गरेर सुरु गरेका छन्।

खबर अनुसार युभेन्टसले गोन्जालो हिगवाइन र सामी खेडिरा संगको आफ्नो अनुबन्ध रद्द गरेको छ। च्याम्पियन्स लिगबाट नकआउट भए पछि युभेले सार्रीलाई बर्खास्त गरेको थियो र क्लब लेजेण्ड आन्द्रे पिर्लोले उनको ठाउ लिएका छन्।

उनले आफ्नो आगमनको सुरुमै क्लबका दुई अनुभवी खेलाडीलाई क्लबबाट निकालेका छन् ३२ बर्सका गोन्जालो हिगवाइन ३३ बर्सका खेडिरालाई उनले क्लबमा निकालेका हुन्- दुई खेलाडीको सम्झौतामा १ बर्स बाकी रहेको थियो तर समय अगाडीनै पिर्लोले दुई संग अनुबन्ध रद्द गरे।

आन्द्रे पिर्लोको मुख्य लक्ष्य यूरोपेली सफलता रहेको खबर छ र उनले केहि स्टार खेलाडी साइन गर्न छलफल सुरु गर्दै गरेको पनि कुरा छ।