युभेन्टसलाई सिरी एबाट निकाल्ने चेतावनी

इटालियन क्लब युभेन्टसलाई सिरी एबाट निष्कासन गर्ने चेतावनी दिएको छ। युरोपियन सुपर लिग गठनमा युभेन्टसको पनि संलग्नता रहेको थियो भने हाल सबै क्लबले त्यो योजनाबाट पछि हटेको बेला रियल म्याड्रिड, बार्सिलोना र युभेन्टस अझै पनि सुपर लिग योजनालाई छोड्न तयार छैन।

हाल युभेन्टसलाई अर्को सिजन सिरी एबाट निकाल्ने चेतावनी आएको छ। चाडै सुपर लिग योजनाबाट पछि नहटे युभेन्टसलाई प्रतिबन्ध लगाउने इटालियन सङ्घीय अध्यक्ष गेब्रिएल ग्रेभिनाले दाबी गरेका छन्।

इटालियन फुटबल महासङ्घका अध्यक्ष गेब्रिएल ग्रभिनाले भने: “युभेन्टसले नियमलाई सम्मान गरेन भने युभेन्टस बाहिर जाने छ।

“अर्को सिजन सिरी ए च्याम्पियनसिपको लागि रेजिष्ट्रेसनको समयमा क्लबले सुपर लिगबाट नहटाउने निर्णय गरे भने क्लबलाई सिरी एबाट हटाइनेछ।”

हाल धेरै क्लब सुपर लिग योजनाबाट पछि हाते पनि रियल, बार्सा र युभे अझै पनि उक्त योजनालाई त्याग गर्न चाहँदैनन् र हाल सिरी एले युभेन्टसलाई लिगबाट निकाल्ने चेतावनी दिएको छ।