युभेन्टसलाई पछि पार्दै बार्सिलोनाले €३० मिलियन मूल्य रहेको युवा स्टार साइन गर्ने

स्पोर्टिंग ब्रागाका युवा स्टार फ्रान्सिस्को ट्रिन्को साइन गर्न बार्सिलोना उन्नत वार्तामा रहेको छ।

२० वर्षीय फ्रान्सिस्को नाम युभेन्टस र पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो संग जोडिएको थियो , खबर अनुसार उक्ता खेलाडी साइन गर्न बार्सा धेरै नजिक रहेको छ र उनको मूल्य €३० मिलियन हुने छ ।

क्याटालानहरूले आगामी केहि दिनमा उनि संग सम्झौतापुरा गर्ने आशा राखेको छ।

फ्रान्सिस्कोको सम्झौता आबेल रुइजको सम्झौतासँग जोडिएको छ, बार्साले रुइजलाई ब्रागामा लोनमा पठाएको थियो।

युभेन्टसले पनि उक्त युवा स्टार साइन गर्न सक्ने खबर आएको थियो तर हालको अवस्था अनुसार बार्साले उक्त खेलाडीको लागि युभेन्टसलाइ पछि पर्ने देखिएको छ।