युभेन्टसमा रोनाल्डोको भविष्य ’bout क्लबका प्रबन्ध निर्देशकले यस्तो भने

च्याम्पियन्स लिगबाट युभेन्टस नकआउट भए पछि क्लबका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले क्लब छोड्न सक्ने धेरै चर्चा भएको थियो।

रोनाल्डो आफ्नो पुर्व क्लब रियलमा फर्किने पनि धेरै हल्ला भएको थियो भने युभेन्टसका प्रबन्ध निर्देशक फबिओ पाराटिसीले क्रिस्टियानो रोनाल्डो युभेमा रहने बताए। युभेन्टसले रोनाल्डोलाई बेच्ने धेरै चर्चा भएको थियो तर क्लबका प्रबन्ध निर्देशकले सो चर्चाहरू साँचो नरहेको बताए भने उनलाई क्लब छोड्न नदिने दाबी गरे।

“हामीले क्रिस्टियानो रोनाल्डोलाई क्लब मै राख्ने निर्णय गरेका छौँ। उहाँ विश्वकै सबभन्दा राम्रो खेलाडी हुनुहुन्छ र हामी उनलाई क्लबमा चाहन्छौँ, ” युभेका प्रबन्ध निर्देशकले भने ।

“हामीसँग एक प्रोजेक्ट छ जुन हामीले गत सिजनबाट सुरु गरेका थियौँ, एउटा खेलले हाम्रो दृष्टिकोण वा हाम्रो रणनीति परिवर्तन गर्दैन। यो प्रोजेक्ट जारी रहन्छ र हामी जे गर्छौँ त्यसमा धेरै खुसी छौँ, त्यसैले हामी सुधार गर्न कार्य गरिरहनेछौँ। ”

रोनाल्डोले क्लब छोड्ने धेरै चर्चा रहेको थियो भने हाल उनी युभे मै खेल्ने क्लबका प्रबन्ध निर्देशकले स्पष्ट गरेका छन्।