युभेन्टसको स्टार मिडफिल्डर साइन गर्ने क्रममा आर्सनल

प्रिमियर लिग कला आर्सनल युभेन्टसका स्टार मिडफिल्डर आर्थर मेलोलाई लोनमा साइन गर्ने तयारीमा रहेको खबर छ।

आफ्नो स्टार मिडफिल्डर थोमस पार्टे अफ्रिकन कप अफ नेसनमा व्यस्त रहेको कारण हाल आर्सनल नयाँ मिडफिल्डरको खोजीमा रहेको छ र हाल खबर अनुसार गनर्स पूर्व बार्सा स्टार साइन गर्न इच्छुक रहेको छ।

आर्थरलाई यो सिजन सम्मको लागि लोनमा साइन गर्ने आर्सनलको योजना रहेको खबर छ भने युभेन्टस उनलाई लोनमा पठाउन इच्छुक रहे पनि उनको विकल्प साइन गरे पछि मात्र उनलाई जान दिने मानसिकतामा रहेको छ।

आर्सनलले आर्थर सँग वार्ता गरेको खुलेको छ भने आर्थर प्रिमियर लिग क्लबमा खेल्न इच्छुक रहेको जानकारी छ।

आर्थरले यो सिजन युभेमा मात्र ११ खेल खेलेका छन् भने उनी नियमित खेल समयको खोजीमा छन्। २०२०मा आर्थर ला लिगा क्लब बार्साबाट युभेन्टसमा आएका थिए भने हाल उनी आर्सनलको लागि खेल्न सक्ने चर्चा छ।