‘युभेन्टसको लागि अझै उपाधिहरु जित्ने छु’- रोनाल्डो

epa07291073 Juventus' Portuguese forward Cristiano Ronaldo celebrate with the cup (Supercoppa) after the Italian Super Cup soccer match between Juventus FC and Milan at King Abdullah Al Jawhara International Stadium, Jeddah, Saudi Arabia, 16 January 2019. EPA/STR

हयुभेन्टसका सुुरस्टार क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टससँग आफ्नो दोस्रो सिजन खेल्न तयार देखिएका छन्।

गत सिजन रियल म्याड्रिड छाडेर युभेन्टस पुगेका रोनाल्डोले क्लबलाई सिरी ए उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । रोनाल्डोले च्याम्पियन्स लिगमा पनि युभेन्ट्सका लागि राम्रो प्रदर्शन गरे । तर उनले टोलीलाई उपाधिसम्म डोर्याउन सकेनन् । रोनाल्डोले नकआउट चरणमा युभेन्टसका लागि सबै गोल गरेपनि आयाक्ससँग हार टार्न असफल रहे ।

रोनाल्डोले यूईएफए नेसन्स लिगमा पोर्चुगललाई उपाधि जिताए । यसक्रममा उनले सेमिफाइनलमा स्विटजरल्यान्डविरुद्ध ह्याट्रिक पनि पूरा गरेका थिए । रोनाल्डोले अन्तर्राष्ट्रिय र कल्ब दुवैतर्फ गत सिजन राम्रो प्रदर्शन गरे । गोलसंख्याको हिसाबमा भने रोनाल्डोको लागि सिजन त्यति राम्रो हुन सकेन । उनले सबै प्रतियोगिता गरेर जम्मा २८ गोल मात्र गर्न सके ।

रोनाल्डोले अर्को सिजन थप सफलता हात पार्न तयार रहेको बताए । ‘ म सधैं तयार नै छु । म अर्को सिजन अझ राम्रो पार्न चाहन्छु र त्यहि मेरो लक्ष्य हो । हरेक वर्ष म आफूलाई सुधार्दै उपाधि थप्ने लक्ष्यमा हुनेछु,’ उनले भने । रोनाल्डो अहिले छुट्टीमा रहेका छन् । उनले यसपटक आफ्नो गृहनगर मदेइरा घुम्ने योजना बनाएका छन् ।