युभेन्टसको रोमाञ्चक जित

एजेन्सी, इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले च्याम्पियन इन्टर मिलानलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले इन्टरलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा २४ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ३५ औं मिनेटमा रोमेलु लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई १-१ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफको इन्जुरी समयमा जुवान क्वाड्राडोले गोल गर्दै युभेन्ट्सलाई २-१ को अग्रता दिलाए ।

खेलको ५५ औं मिनेटमा रोड्रिगोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि युभेन्ट्स १० खेलाडीमा समेटियो ।

खेलको ८३ औं मिनेटमा युभेन्ट्सका जर्जियो चिलिनीले आत्मघाती गोल गरेपछि खेल २-२ को स्थितिमा पुग्यो ।

तर, खेलको ८८ औं मिनेटमा जुवानले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ३-२ को जित दिलाए ।

यस्तै खेलको इन्जुरी समयमा मार्सेलो बोर्जोभिकले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि इन्टर पनि १० खेलाडीमा समेटिएको थियो ।

यस जितसँगै युभेन्ट्स लिगको चौंथो स्थानमा उक्लिएको छ । युभेन्ट्सले ३७ खेलमा ७५ अंक जोडेको छ ।

इन्टर ८८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।