युभेन्टसको बिरुद्ध गोल गरे पछि रोनाल्डोकै शैलीमा सेलेब्रेट गरे पछि

मंगलबार राति भएको च्याम्पियन्स लिगको खेलमा हंगेरीको एफटिसीले १९ मिनेटमै गोल गर्दै अग्रता लिए एफटिसीका युज्नीले गोल गरे र गोल गरे पछि उनले रोनाल्डोकै शैलीमा सेलेब्रेट गरे।

रोनाल्डोको टिम बिरुद्ध गोल गरेर रोनाल्डोकै शैलीमा सेलेब्रेट गरे पछि सो बारे सामाजिक संजालमा धेरै चर्चा भयो। धेरैले उनि रोनाल्डो फ्यान भएको कारणले सो सेलेब्रेट गरेको विश्वास गरे भने केहिले भने उनले रोनाल्डोलाई ट्रोल गर्न रोनाल्डोकै टिमबिरुद्ध सो सेलेब्रेट गरेको भन्ने विश्वास रहेको छ।

सो खेल भने एफटिसीले २-१ हरेको थियो र खेलमा रोनाल्डोले पनि गोल गरे। एलिनाज स्टेडियममा सुरुवाती १ गोलको अग्रता उल्टाएर युभेन्ट्सले जित निकालेको हो ।

खेलको १९ औं मिनेटमा युज्नीले गोल गर्दै एफटिसीलाई अग्रता दिलाएका थिए ।तर, खेलको ३५ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको इन्जुरी समयमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई २-१ को जित दिलाए । जितसँगै युभेन्ट्सले समूह ‘जी’ मा ४ खेलमा ९ अंक जोड्यो ।

युभेन्ट्स दोस्रो स्थानमा रहेको छ । यस समूहबाट अपराजित बार्सिलोना पनि नकआउट चरणमा पुगिसकेको छ ।