युभेन्टसको नजर प्रिमियर लिगको युवा स्टारमा

सिरी ए क्लब युभेन्टसको नजर प्रिमियर लिग आर्सनलका स्टार युवा बुकायो साकामा रहेको खबर छ। २० वर्षीय युवा स्टार मिकेल अर्टेटाको नेतृत्वमा आर्सनलका एक महत्त्वपूर्ण खेलाडी मध्ये एकको रुपमा उभिएका छन्।

उनले युरो २०२० इंग्ल्याण्डको लागि निकै प्रभावशाली प्रदर्शन गरे भने इंग्ल्याण्डलाई फाइनलमा लग्न महत्त्वपूर्ण भूमिका खेले।

साकाको प्रदर्शनले धेरै ठुलो क्लबहरूको ध्यान आकर्षित गरेको छ भने हाल खबर अनुसार उनलाई भविष्यमा साइन गर्ने युभेन्टसको योजना हुने छ। खबर अनुसार युभेन्टसको नजर साकामा रहेको छ र उनलाई क्लबमा भित्राउन युभे इच्छुक हुने छ भने ला लिगा क्लब एट्लेटिको म्याड्रिडले पनि उनी माथि चासो देखाएको जानकारी छ।

गनर्स भने आफ्नो एकेडेमीको उत्पादनलाई बेच्न धेरै अनिच्छुक हुने खबर छ र उनलाई बेच्न परे आर्सनलले निकै ठुलो रकमको माग गर्ने पनि जानकारी छ।

साकाले मात्र गत जुलाईमा आर्सनलसँग नयाँ अनुबन्धमा हस्ताक्षर गरेका थिए र उत्तर लन्डनमा आफू खुसी रहेको साकाको दाबी रहेको छ।