युभेन्टसको नजर चेल्सीको लेफ्ट ब्याकमा

युभेन्टसको चासो चेल्सीको लेफ्ट ब्याकमा रहेको खबर छ।

खबर अनुसार युभेन्टस चेल्सीका डिफेन्डर इमर्सन पाल्मीरीका लागि प्रस्ताव गर्न तयार छन्।

सिरी ए च्याम्पियन्स युभे आफ्नो खेलाडी दिएर चेल्सीको खेलाडी साइन गर्न चाहन्छन् र युभे एलेक्स स्यान्ड्रोलाई प्रस्तावमा राख्न इच्छुक छन्।

खबर छ कि ब्राजीलका स्यान्ड्रो, प्रति फ्रयान्क लाम्पार्डले चासो देखाएका छन् र युभेको प्रस्ताव प्रति उनि सकारात्मक हुने छन्।

पूर्व स्ट्यामफोर्ड ब्रिज कोच मौरिजियो सर्री टुरिनमा उक्त लेफ्ट ब्याक संग पुनर्मिलनको लागि उत्सुक छन्।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ