युभेन्टसको डिफेन्डर माथी म्यानचेस्टर युनाईटेडको नजर

एजेन्सी, म्यानचेस्टर युनाईटेडले आगामी ट्रान्सफर विन्डो नयाँ डिफेन्डर भित्र्याउने सम्भावना प्रबल देखिएको छ। रिपोर्टका अनुसार युभेन्टसका २३ वर्षका अर्जेन्टिनियन् डिफेन्डर क्रिस्टियन रोमेरो युनाइटेडको नजरमा परेका हुन्।

रोमेरो हाल लोनमा अट्ल्यान्टाका लागी खेलिरहेका छन्। उनी युभेन्टस सगँ अनुबन्धित भएता पनि उनले युभेन्टसका लागि एक खेल पनि खेलेका छैनन्। उनी २०१९ मा २६ मिलियन युरोमा जेनोवा बाट युभेन्टसका लागि अनुबन्धित भएका थिए।
रोमेरोका साथसाथै लिल्लका २१ वर्षका स्भेन बोटम्यान र सेभियाका २२ वर्षका जुल्स कोउन्डे पनि युनाईटेडको नजरमा परेका छन्।भिक्टर लिन्डेलोफ र एरिक बाईले आशा अनुरुप प्रदर्सन गर्न नसकेको हुँदा युनाईटेडले नयाँ डिफेन्डर भित्र्याउन खोजेको हो।युनाईटेडले सन् २०१९ मा ८० मिलियन पाउन्डमा अर्का डिफेन्डर ह्यारी मग्वायर भित्र्याएका थिए।