युभेन्टसको जितमा रोनाल्डोको गोल

क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेपछि युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा टोरिनोलाई १–० ले पराजित गरेको छ ।

प्रतिस्पर्धात्मक बनेको खेलमा रोनाल्डोले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै युभेन्टसको जितमा निर्णायक बन्यो । टोरिनोको घरेलु मैदानमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा विपक्षी गोलरक्षकको गल्तीमा रियलले ७०औं मिनेटमा पेनाल्टीको मौका पाएको थियो ।

सिमोन जाजाको ब्याकपासमा अर्मान्डो इजोले छोडेको बलमा टोरिनोका गोलरक्षकले मारियो मान्जुकिचलाई लडाएपछि युभेले पेनाल्टीको मौका पाएको थियो । जसलाई रोनाल्डोले सदुपयोग गरे । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस १–० ले विजयी हुन सफल भयो ।

जितपछि युभेन्टसले आफ्नो शीर्षतामा थप पकड बनाएको छ । युभेन्टसको १६ खेलबाट ४६ अंक पुगेको छ । उसले दोस्रो स्थानको नेपोलीमाथि ११ अंकको अग्रता बनाएको छ । नेपोलीले एक खेल कम खेलेको छ ।