युभेन्टसको खेलाडी माथी टोटनह्यामको नजर

एजेन्सी, इटालियन क्लब युभेन्टसका अमेरिकी खेलाडी वेस्टन मिकेनी माथी इङलिस क्लब टोटनह्यामको नजर परेको छ। रिपोर्टका अनुसार मिकेनीको मूल्य करिब ४० मिलियन पाउन्ड रहेको आंकलन गरिएको छ।

रिपोर्टका अनुसार मिकेनीलाई भित्र्याउनका निम्ति हाल टोटनह्याम कुराकानी गर्दै छन्। मिकेनीलाई बेच्ने बारे युभेन्टस पनि सकारात्मक रहेको भनिएको छ।
२२ वर्षका अमेरिकी खेलाडी मिकेनी मिड्फिल्डरका रुपमा खेल्छन्। उनले आफ्नो राष्ट्रिय टोलिका लागि २४ खेल खेली सकेका छन्। उनले आफ्नो राष्ट्रिय टोलिका लागि ७ गोल गर्न पनि सफल भइसकेका छन्। उनी जर्मन क्लब शाल्काबाट युभेन्टसमा अनुबन्ध भएका हुन्।