युभेन्टसका स्टार साइन गर्ने योजना बनाउँदै रियल म्याड्रिड

रियल म्याड्रिडले यो गर्मीमा युभेन्टसका सुपरस्टार पाउलो डिबाला साइन गर्न लागि ठूलो प्रस्ताव राख्ने योजना बनाउँदै गरेको खबर छ।

टोनी क्रोस वा ईस्को र ठुलो रकम दिएर स्पेनिस च्याम्पियनले डिबाला साइन गर्न प्रयास गर्ने कुरा रहेको छ। खेल मेडियासेटका अनुससार, रियल डिबाला भित्राउन इच्छुक छन् र उनलाई साइन गर्न आफ्नो खेलाडी समेत युभेलाई दिन रियल तयार हुने छ।

खबर अनुसार रियलले उनको लागि €१०० मिलियन मूल्यांकनको प्रस्ताव राख्ने छ। तर, इटालियन क्लब पनि अर्जेन्टिनाका स्टारलाई क्लबमै राख्न चाहन्छन् च्याम्पियन्स लिगबाट नकआउट भए पछि युभे आफ्नी टिम अझै बलियो बनाउने सोचमा छ।

पेरिस सेन्ट-जर्मेन पनि डिबाला साइन गर्न इच्छुक भएको कुरा रहेको छ भने युभेसँग नयाँ सम्झौताको बारेमा वार्ता पनि उनि संग हुँदै गएको खबर छ ।

२६ बर्सका स्टार सिजनको सुरुमा प्रिमियर लिगको क्लबमा जान नजिक रहेका थिए तर उनले युभेमाइ रहने निर्णय लिए हाल रियलले उनलाई साइन गर्ने योजना गर्दै गरेको कुरा छ र उनको निर्णयहाल खुलेको छैन।