युभेन्टस आफ्नो स्टार खेलाडील डिबालालाई बेच्ने योजनामा रहेको खबर छ। खबर अनुसार प्रिमियर लिग क्लब टोटनह्याम उनलाई साइन गर्न इच्छुक रहेको छ र पिएसजी मेस्सी साइन असफल रहे डिबाला साइन गर्न तिर लाग्ने पनि खबर रहेको छ।
If PSG can’t sign Messi, they will go after Dybala this summer. Juventus won’t match Paulo’s €15m/yr contract demands, but PSG are willing to give it to him.
Neymar-Dybala-Mbappe could be seen next season 💎🇫🇷
📰 via AS pic.twitter.com/oU3g7MzEKp
— Italian Football TV 🔟💙 (@IFTVofficial) December 7, 2020
जनवरीको ट्रान्सफर विन्डो नजिक रहेको छ खबर अनुसार युभेन्टसको योजना डिबालालाई बेच्ने रहेको छ। यो सिजनको सुरुमा पनि युभे डिबालालाई बेच्न नजिक पुगे पनि सो छाल सफल भने भएको थिएन।
हाल डिबाला युभेन्टसमा संघर्ष गर्दै छन् र उनले धेरै मौका पनि पाएका छैनन् र पिर्लोले उनलाई आफ्नो खेल योजनामा नराख्ने देखा परेको बेला डिबाला पनि क्लब छोड्न इच्छुक हुन सक्ने छन्।
Paulo Dybala has reportedly been offered to SIX Premier League clubs.
All the latest gossip: https://t.co/HcqP2OdKJr pic.twitter.com/Am8NIBHBXr
— BBC Sport (@BBCSport) December 7, 2020
खबर अनुसार स्पर्स उनलाई साइन गर्न इच्छुक रहे पनि अन्य ५ प्रिमियर लिग क्लबहरु पनि उनको स्थिति मुल्यांकन गर्दै छन्। आर्सेनल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, चेल्सी र लिभरपूल पनि उनि माथि इच्छुक रहेको कुरा छ।