युभेन्टसका स्टार खेलाडी क्लब छोड्न इच्छुक

SINGAPORE, SINGAPORE - JULY 21: Matthijs de Ligt of Juventus in action during the International Champions Cup match between Juventus and Tottenham Hotspur at the Singapore National Stadium on July 21, 2019 in Singapore. (Photo by Pakawich Damrongkiattisak/Getty Images)

प्रिमियर लिग क्लब चेल्सी इटालियन क्लब युभेन्टसका स्टार डिफेन्डर डि लिग्तलाई साइन गर्न इच्छुक रहेको जानकारी छ।

उनको प्रदर्शन युभेन्टसमा सोचे जस्तो रहेको छैन र डच स्टार पनि युभेन्टस छोड्न इच्छुक रहेको जानकारी छ । खबर अनुसार डि लिग्त ला लिगा क्लब बार्सिलोनामा खेल्न इच्छुक रहेका छन् तर चेल्सीले पनि उनलाई साइन गर्न प्रयास गर्ने खबर छ।

चेल्सी आफ्नो स्टार डिफेन्डर एन्टोनियो रुडिगरलाई गुमाउन सक्ने स्थितिमा रहेको छ। चेल्सी रुडिगर सँग नयाँ सम्झौता गर्न असफल हुदै आएको छ र उनलाई फ्री एजेन्टमा गुमाउन सक्ने भए पछि उनको विकल्पको रुपमा चेल्सीले डि लिग्तलाई आफ्नो नजरमा राखेको जानकारी छ।

चेल्सीका कोच टुचेलले जुल्स कौन्डेलाई साइन गर्न प्रयास गरेको थियो तर यो प्रयास पनि असफल भए पछि चेल्सी अझै पनि नयाँ डिफेन्डरको खोजीमा रहेको छ।

२२ वर्षका स्टार डिफेन्डर डि लिग्त भने बार्सामा खेल्न इच्छुक रहेका छन् तर पनि चेल्सीले उनलाई साइन गर्न कडा प्रतिस्पर्धा गर्न सक्ने रिपोर्ट छ।