युभेन्टसका प्रशिक्षक सारीलाई निमोनिया

युभेन्टसका प्रशिक्षक माउरिजियो सार्रीलाई निमोनिया भएको छ। ६० वर्षीय सार्रीलाई सोमबार अस्पताल भर्ना गरिएको छ।

सुरुवातमा फ्लु भएको आशंकामा उनलाई अस्पताल लगिएकाे थियो। रिपोर्ट आएपछि नियमोनियबाट संक्रमित भएको पत्ता लागेको हो।

रिपोर्टमा उनी निमोनियाबाट गुज्रिरहेको देखिएपछि तत्काल अस्पताल लगिएको थियो ।

उनको युभेन्टसले यो सिजनको पहिलो खेलमा शनिबार पार्मासँग खेल्नेछ। यो खेलमा सार्री टिमसँग हुन्छन् की हुदैनन् त्यो अझै एकिन हुन सकेको छैन।

गत सिजन चेल्सीलाई युरोपा लिगको उपाधि दिलाएका सार्री त्यसको लगत्तै युभेन्टसमा अनुबन्ध भएको हो।