युभेन्टसका प्रशिक्षक आन्द्रेया पिर्लो -“म राजिनामा दिन्न”

एजेन्सी, युभेन्टसका प्रशिक्षक आन्द्रेया पिर्लोले हालै स्काई स्पोर्ट्स सँग दिएको अन्तर्वार्तामा आफुले राजीनामा नदिने कुरा प्रष्ट पारेका छन्। युभेन्टसले आशा अनुरुप नतिजा ल्याउन असफल भएका कारण उनले राजिनामा दिन सक्ने सम्भावना देखिएको थियो।
सो अन्तर्वार्तामा उनले “म राजीनामा दिने सोचमा छैन। कठिनाइहरूको बाबजुद पनि मेरो काम जारी छ। क्लबले मलाई अनुमति दिएसम्म म अघि बढ्छु” भनी आफुले राजीनामा नदिने कुरा प्रष्ट पारे।

युभेन्टसले बिगत ९ वर्ष देखि जित्दै आएको सिरि ए उपाधि यो सिजन जित्न असफल हुनुका साथसाथै अर्को सिजन चियाम्पिन्स लिग खेल्न नपाउने संभावना उच्च भए पछी उनले राजीनामा दिन सक्ने अनुमान लगाइएको थियो।
उनले राजीनामा नदिएता पनि युभेन्टसको खेल प्रदर्शन अझै  खस्किन गएमा उनि निस्कासित हुन सक्ने सम्भावना भने रहेको छ।