युभेन्टसका गोलकिपर बुफन आफ्नो पुर्व क्लब फर्कने

एजेन्सी, युभेन्टसका इटालियन गोलकिपर जियान्लिगुइ बुफन आफ्नो पुर्व क्लब पार्मा फर्कने भएका छन्। रिपोर्टका अनुसार बुफन दुई वर्षका लागि आफ्नो पुर्व क्लब पार्मामा अनुबन्ध हुन लागेका हुन्।

उनले गत महिना नै आफु दोश्रो पटकका लागि युभेन्टस छाड्ने घोषण गरेका थिए। उनले एक सिजन फ्रेन्च क्लब पि.एस.जिमा बिताइ २०१९ मा युभेन्टस फर्केका थिए। स्पेनिश क्लब बार्सिलोना पनि उनलाई भित्र्याउन इच्छुक भनिएता पनि उनी आफ्नो पुर्व क्लब पार्मा फर्कन लागेका हुन् जहाँबाट उनले १९९५ मा आफ्नो करियरको सुरुवात गरेका थिए।
४३ वर्षका इटालियन गोलकिपर बुफन सन् १९९५ देखि २००१ सम्म पार्मामा अनुबन्धित थिए जहाँ उनले २२० खेल खेलेका थिए। युभेन्टसका लागि भने उनले ६८५ खेल खेली सकेका छन्।