युभन्टसका अरु खेलाडीहरुको तुलनामा क्रिस्टियानो रोनाल्डोको तलब यति धेरै

युभेन्टसले भर्खरै इटालीमा आफ्नो प्रभुत्व कायमै राख्दै आफ्नो नवौं-सिरी ए खिताब जितेको थियो।

उक्त टिममा क्रिस्टियानो रोनाल्डो थप्नु अरु खेलाडीको लागि अनुचित कदम हुने भनेर धेरै फुटबल विज्ञले भनेका थिए र शायद युभेन्टसको खेलाडीहरुको तलब भिन्नताले यो प्रमाणित गरेको छ।

पोर्तुगलका सुपरले स्टारले ओल्ड लेडीका लागि ३३ खेलमा ३१ गोल गरे जुन ३५ बर्षे उमेरका लागि अविश्वसनीय हुन सक्छ। यो सिजन इन्टर मिलान, एटलान्टा र लाज़ियो जस्तो टिमबाट दबाब आए पछि लिग केहि प्रतिस्पर्धी भएको थियो।

युभेन्टसको टिम पक्कै पनि युरोपकै एक उत्कृष्ट टिम मध्ये एक बनेको छ र रोनाल्डो, डिबाला जस्तो खेलाडी युभेलाई धेरै मदत गरेको छ।

तर रोनाल्डो जस्तो खेलाडी टिममा राख्न क्लबले धेरै खर्च गर्नु पर्ने हुन्छ र तलब खर्चले त्यो प्रस्ट रुपमा देखाउँदछ।

युभेको तलब खर्च निकै ठुलो रहेको छ जस्मा रोनाल्डोको सबै भन्दा बढी तलब रहेको छ र उनको र अरु खेलाडी बीचको तलब भिन्नता निकै धेरै रहेको छ।

युभेको खेलाडीको तलबहरु(प्रति वर्ष) तल गर्नुहोस्।

  • Carlo Pinsoglio: €0.3 million
  • Gianluigi Buffon: €1.5 million
  • Merih Demiral: €1.8 million
  • Rodrigo Bentancur: €2.5 million
  • Di Sciglio: €3 million
  • Daniele Rugani: €3 million
  • Blaise Matuidi: €3.5 million
  • Giorgio Chiellini: €3.5 million
  • Danilo: €4 million
  • Federico Bernardeschi: €4 million
  • Alex Sandro: €5 million
  • Juan Cuadrado: €5 million
  • Sami Khedira: €6 million
  • Douglas Costa: €6 million
  • Wojciech Szczesny: €6.5 million
  • Leonardo Bonucci: €6.5 million
  • Adrien Rabiot: €7 million
  • Aaron Ramsey: €7 million
  • Arthur: €7 million
  • Paulo Dybala: €7.3 million
  • Miralem Pjanic: €7.5 million
  • Gonzalo Higuain: €7.5 million
  • Matthijs de Ligt: €8 million
  • Cristiano Ronaldo: €31 million