युनाईटेड युरोपा लिगको अन्तिम १६ मा पुग्न सफल

एजेन्सी, इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

बिहीबार राति अन्तिम ३२ को दोस्रो लेगमा रियल सोसीडाडसँग गोलरहित बराबरी खेलेको युनाईटेड समग्रमा ४-० को जितसहित अन्तिम १६ मा पुगेको हो ।

पहिलो लेगमा फराकिलो जित निकालेको युनाईटेडले दोस्रो लेगमा भने गोल गर्न सकेन ।

तर, पहिलो लेगमा निकालेको ४-० को जितले युनाईटेड प्रि-क्वाटरफाइनलमा पुग्न सफल भयो ।

घरेलु मैदानमा युनाईटेडले युवा खेलाडीलाई मौका दिएको थियो ।

स्पेनिस क्लब सोसीडाडले भने पेनाल्टीमा गोल गर्ने मौका गुमाएको थियो ।

खेलको १३ औं मिनेटमा मिकेल ओयार्जाबल पेनाल्टीमा गोल गर्न चुके ।

उनको प्रहारले पोस्टको दिशा लिन सकेन ।