युनाईटेड मिलानको बराबरी

एजेन्सी, इंग्लिस क्लब म्यान्चेस्टर युनाईटेडले युरोपा लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो खेलमा बराबरी खेलेको छ।

बिहीबार राति भएको खेलमा युनाईटेडले इटालियन क्लब एसि मिलानसंग १-१ गोलको बराबरी खेलेको हो।

युनाईटेडको मैदान ओल्ड ट्राफर्डमा भएको उक्त खेलमा घरेलु टोलिलाई अग्रता दिलाउन अमेड दिआलोले गोल गरेका थिए।

त्येस्तै पहुना टोलिका लागि अतिरिक्त समयमा केजरले गोल गर्दै बराबरीको स्थितीमा खेल पुराए। त्येस पछि कुनै टोलिबाट गोल ननिस्किदा खेल बराबरी हुन पुग्यो।

खेलमा दुई गोललाई रेफ्रिले मान्यता दिएको थिएन। लेओले खेलको पाचौं मिनेटमा गरेको गोललाई अफशाइडको सङ्ग्या दिए। मिलानको केस्सिले १२ औ मिनेटमा गोल गरे उक्त गोललाई भिएआरले मन्यता दिएनन्।

दोस्रो हाफ सुरु भएको चार मिनेटमै अमेड दियालोले युनाईटेडलाई अग्रता दिलाए।

खेलको अतिरिक्त समयमा केजरले गोल गर्दै मिलानलाई १-१ को स्थितीमा ल्याए।

यो बरबारीसंगै मिलानलाई अवे गोलको फाइदा रहेको छ।

दोस्रो लेग मार्च १९ मा हुनेछ।