युनाईटेडलाई पछि पार्दै सिटिले ग्रिलिश भित्र्याउने

एजेन्सी, म्यान्चेस्टर सिटि एस्टन भिल्लाको स्टार खेलाडि ज्याक ग्रिलिसलाई अनुबन्धित गर्ने दौडमा अग्रिम स्थानमा रहेको छ।

यी २५ बर्षिय मिडफिल्डर इग्लिश फुटबल क्लब सबैको नजरमा पर्न सफल भएका हुन। उन्को जारी सिजनको उत्कृष्ट प्रदशनले सबै क्लबले उनि माथि नजर लगाउनु शोभाबिक पनि हो।

ग्रिलिशले सिजनको सुरुवातमा एस्टन भिल्लासंग नया सम्झौता गरेका थिए।

भिल्ला आफ्नो कप्तानको मूल्य £१०० मिलियन टोकेको छ।

कोरोना महामारी पछि क्लबहरुको आर्थिक अवस्था कम्जोर रहेको अवस्थामा उन्लाइ भित्र्याउने योजना चुनौतीपुर्ण हुनसक्दछ।

पेप गुवार्डिओलाले उन्को प्रशंसामा कुनै कन्जुस्याइँ गरेनन्। उन्ले ग्रिलिशलाई असाधारण खेलाडिको संघया दिए।

यो कदमसंगै युनाईटेडको लागि ठूलो धक्का हुनेछ।

गत अगस्टमा ग्रिलिशको ’bout एस्टन भिल्लासंग सम्पर्कमा रहे पनि युनाईटेडले दोनि भ्यान दे बेकलाई अनुबन्धित गरेका थिए।

एस्टन भिल्लालाई आफ्ना स्टार खेलाडि बेच्न कुनै हतार छैन। यद्यपि, क्लबको मूल्य आए र ग्रिलिश जान राजी भएको खण्डमा क्लबले कुनै बाधा नपुराउने जनाएका छन।

सिटिले स्पोर्टिङ लेस्बनको लेफ्ट ब्याक नुनो मेन्देश र डर्ट्मुन्डको स्ट्राइकर एर्लिङ हलायन्डलाई पनि भित्र्याउने तर्खरमा छन।