एजेन्सी, इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।
आइतबार राति भएको खेलमा युनाइटेडले पाँचौं स्थानको वेस्टह्यामलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
नतिजासँगै युनाइटेडले तालिकामा २९ खेलबाट ५७ अंक बनाएको छ ।
शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले ३० खेलबाट ७१ अंक बनाएको छ ।
घरेलु मैदान वल्र्ड ट्राफोर्डमा जित दर्ता गर्दा युनाइटेडलाई भाग्यले साथ दिएको हो । वेस्टह्यामका क्रेइग डावासनले ५३ औं मिनेटमा गरेको आत्मघाति गोल नै युनाइटेडलाई जित दिलाउन पर्याप्त बन्यो ।