युनाइटेड संगको हार पछि लिभरपूल फ्यानहरुद्वारा आफ्नो स्टार मिडफिल्डरको आलोचना

थिएगो अल्कान्ट्राले आफ्नो नयाँ क्लब लिभरपूल सोचे जस्तो खेल्न सकेका छैनन् – र आइतवारको म्यानचेस्टर युनाइटेड संगको हार पछि फ्यानहरुले उनको प्रदर्शनको आलोचना गरेका छन्।

खेल २-२को बराबरीमा हुँदा युनाइटेडले फ्री किक पाएको थियो र सो किकबाट ब्रुनो फर्नांडीसले गोल गरे पछि युनाइटेडले कप-टाई ३-२ले जितेको थियो र सो गोल पछि लिभरपूलका फ्यानहरुले नयाँ खेलाडी थिएगो अल्कान्ट्राको आलोचना गरेका छन्।

ब्रुनो फर्नांडीसको किकलाई वालमा बसेका थिएगोले रोक्न प्रयास नगरेको र मिडफिल्डर आफु तर्फा आउंदा टाउको तल गरेर युनाइटेडले गोल गरेको भनेर मिडफिल्डरको आलोचना गरेका छन्।

एफ ए कपमा हार पछि लिभरपूल फ्यानहरु खुसी छैनन् र धेरै फ्यानले सामाजिक संजालमा थिएगो अल्कान्ट्राको आलोचना गर्न सुरु गरेका छन्।