युनाइटेड छाड्ने मार्सियालको चाहना

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका फ्रेन्च खेलाडी एन्टोनी मार्सियालले यसै जनवरीको ट्रान्सफर विन्डोमा क्लब छाड्न चाहेका छन्। रिपोर्टका अनुसार उनका एजेन्टले उनले यसै जनवरीको ट्रान्सफर विन्डोमा क्लब छाड्न चाहेको भनेका छन्। 

२६ वर्षका फ्रेन्च खेलाडी मार्सियाल २०१५ देखि म्यान्चेस्टर युनाइटेडमा अनुबन्धित छन्। उनले युनाइटेडका लागि २६८ खेलमा ७९ गोल गरि सकेका छन्।