युनाइटेडले £८० मिलियनमा किनेको डिफेन्डरको यस्तो हास्यास्पद ड्रीबल प्रयास

म्यानचेस्टर युनाइटेडका कप्तान ह्यारी मग्वाइरले चेल्सी बिरुद्द गरेको ड्रीबल प्रयास पछि म्यान्चेस्टर युनाइटेडका प्रशंसकहरू निराश भएका छन् भने अरु क्लबका फ्यानहरुले उनको मिम र ट्रोलहरु बनाएका छन्।

चेल्सीले युनाइटेडलाई ३-१ ले पराजित गरी एफए कप फाइनलमा पुग्यो र रेड डेभिलको अपराजित १९ खेलको यात्रा समाप्त भयो।

उक्त खेलमा युनाइटेडका कप्तान ह्यारीले गरेको ड्रीबल प्रयास भाइरल भएको छ।

ह्यारी मग्वाइरको उक्त हास्यास्पद प्रयासले धेरैले प्रस्न गरेका छन् उनको मूल्य कसरी £८० मिलियन हुन पुग्यो भनेर।

उनले आफ्नो हाफबाट बल ड्रीबल गर्न प्रयास गरेका थिए र उनि अघि बढ्न नसकेर उनले बल पास गरे जुन चेल्सीको खेलाडीक पुग्न गयो।

उक्त खेलमा ह्यारी प्रदर्शन बारे धेरै युनाइटेड फ्यानहरुले आलोचना गरेका छन्, उनको उक्त प्रयास सामाजिक संजालमा भाइरल भएको छ र उनको मिमहरु बन्न पुगेको छ।