युनाइटेडले राख्यो रियल मड्रिडको खेलाडीका लागि प्रस्ताव

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेडले रियल मड्रिडका डिफेन्डर रफायल भरान भित्र्याउनका लागि प्रस्ताव राखेको छ। रिपोर्टका अनुसार भारानले मड्रिडसँग नयाँ सम्झौतामा हस्ताक्षर गर्न अनिच्छुक देखिए पछी युनाइटेडले मड्रिडसँग भरानका लागि प्रस्ताव राखेको हो।

फ्रेन्च खेलाडी भरानको रियल मड्रिडसँगको सम्झौता २०२२ मा अन्त्य हुने भएकोले त्यसपछि रियलले उनलाई फ्री ट्रान्सफरमा गुमाउने हुँदा युनाइटेडले उनलाई ४० मिलियन पाउन्डमा भित्र्याउन सक्ने सम्भावना देखिएको हो। रिपोर्टका अनुसार उनलाई भित्र्याउने डौडमा म्यान्चेस्टर युनाइटेडका साथसाथै फ्रेन्च क्लब पि.एस.जि पनि रहेको छ।
२८ वर्षका फ्रेन्च डिफेन्डर भरान २०११ मा रियल मड्रिडमा अनुबन्धित भएका थिए। उनले रियल मड्रिडका लागि ३६० खेल खेलेका छन् जस्मा उनले १७ गोल पनि गरि सकेका छन्।